शिक्षा जीवनको मूल आधार हो।हाम्रो विद्यालयले विद्यार्थीहरूमा ज्ञान, सीप र सकारात्मक सोच विकास गर्ने प्रयास निरन्तर गरिरहेको छ । हामीले सिर्जनशील, जिम्मेवार र नैतिक नागरिक तयार पार्ने लक्ष्य राखेका छौँ। विद्यार्थीहरूले केवल पुस्तकका पानाबाट होइन, व्यवहार, अनुभव र सामूहिक सहभागिताबाट पनि सिक्नुपर्छ भन्ने हाम्रो विश्वास हो । त्यसैले हामीले पठन–पाठनसँगै खेलकुद, कला, विज्ञान, प्रविधि तथा सामाजिक क्रियाकलापमा पनि विद्यार्थीहरूको सहभागिता प्रोत्साहन गर्दै आएका छौँ ।प्रिय विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायका सम्मानित सदस्यहरू,
शुभकामनासहित,